५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कोभिशिल्डको विकल्पमा दुई खोप



काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिशिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिशिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिशिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिशिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको जानकारी दिए ।

कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उनले बताए । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ ।

खोप सल्लाहकार समितिको मङ्गलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिशिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताए ।

नेपालमा ६५ वर्षमाथिका करिब १५ लाखले पहिलो डोज कोभिशिल्ड लगाएका छन् । उनीहरूलाई दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । कोभिशिल्ड खोप भारतले नदिने भएपछि एस्ट्राजेनिकाको फर्मुलामा बनाइएका अन्य खोप पनि उपयुक्त हुने सुझाव छ । एस्ट्राजेनिका फर्मुलामा भारतबाहेक बेलायत, कोरियामा उक्त खोप उत्पादन हुने गर्दछ ।

कम विकसित, विकासशील, विकासोन्मुख देशहरूमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिशिल्ड खोप तीन लाख ४८ हजार डोज उपलब्ध गराइसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : २५ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन