१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा बाँकेका स्वास्थ्यकर्मी आन्दोलित, भेरी अस्पताल परिसरभित्रै नाराबाजी



नेपालगन्ज । बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए ।

मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन पहिलो तल्लाबाट हाम्फालेका थिए ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

यसअघि एक विज्ञप्ती जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको घोर भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिईन् । निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपुर्ण वातावरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग समेत गरेको छ ।

कोरोना संक्रमणबाट सिकिस्त भएपछि दाङबाट रिपर गरेर नेपालगन्ज पठाईएका संक्रमित दाङका डिल्ली रावत गत जेठ ४ गते भेरी अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा विहीबारराती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

प्रहरीले मानबहादुर सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र  मानबहादुर भाइ रहेको खुलेको छ ।घटना लगत्तै भेरी अस्पतालमा बसेको चिकित्सक र अस्पताल विकास समितिको पदाधिकारीहरुको बैठकमा प्रशासनले घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

आक्रमणमा अगुवाई गर्ने मानबहादुर नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ९ : ५४ बजे

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको