८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेमा आज ९४ जना संक्रमण मुक्त हुदा ६५ जना थपिए



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ६५ जना मात्र नयाँ कोरोना संक्रमित थपिएका छन् । बाँकेका दुई वटा प्रयोगशालामा १ सय ९३ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमित थपिएका हुन ।

मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १४ जना छन् । ७ जना महिला र ७ जना पुरुष गरि जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवारसम्म बाँकेमा ७७ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १६ हजार ९१५ जनामा संक्रमण पृष्टि भएका छन् ।

त्यस्तै हालसम्म १५हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् । जिल्लामा ९४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ४६ जना महिला र ४८ जना पुरुष गरि कुल ९४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

बाँकेमा ६४५ जनाले होम आईसोलेसन र २ सय ४१ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको संख्या १५८ रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ५७ बजे

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच