२८ चैत्र २०८२, शनिबार | April 11, 2026

सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेर : नवनियुक्त मन्त्रीले लिए सपथ



धनगढी । सुदुरपश्चिम प्रदेश सरकारको सत्ता साझेदार एमालेको आन्तरिक विवादका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । एमालेको ओली पक्षको केन्द्र र प्रदेशले सरकारबाट बाहिरिने निर्णय गरेपनि बहुमतको संख्यामा रहेको नेपाल पक्षको संसदीयदलले सरकारबाट नाबहिरिने निर्णय गरेपछि सन्तुलन मिलाउन भट्टले शुक्रबार चौथो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन् । मन्त्रिपरिषदमा दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मानबहादुर सुनार, अर्चना गहतराज र मना साउद नियुक्त भएका छन् । चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका तर्फबाट मन्त्री बनेका हुन् । योसँगै सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिमण्डल भएको छ ।

यस्तो छ सुदुरपश्चिम सरकारको मन्त्रिमण्डल :

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : ३३ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि