१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नखोजिएको इतिहास : बेगम हजरत महल स्मारकस्थल



बेगम हसरत महल र १८५७ को सिपाही विद्रोह
अभिभावकले कोठीमा बेचिएकी केटी अवधका नवावले मन पराएपछि दरवारमा पुगेकी थिइन । पछि अवधका नवाब वाजिद अलि शाहले उनलाई कान्छी पत्नीको रूपमा भित्राएका थिए । उनले पहिलो पुत्रको रूपमा बिर्गिस कादिरलाई जन्म दिएपछि उनलाई बेगम हसरत महल भन्न थालियो । सन् १८५६ मा अंग्रेजले अवधलाई हडपेर नवाबलाई कलकत्ता जेलमा बन्दी बनाएपछि बेगमले अबधको नेतृत्व सम्हालेकी थिइन । भारतमा सिपाही विद्रोहले उग्र रुप लिएको बेलामा विद्रोही शक्तिको सहयोगमा लखनउलाई अंग्रेजबाट मुक्त गरी आफ्नो छोरा बिर्गिस कादिरलाई नवाब घोषणा गरेकी थिइन ।

युवराज कंडेल

पेशावाका नाना साहेब, उनका सेक्रेटरी अजिमुल्लाहा खाँ, मिर्जा बहादुर बख्त (मुगल सम्राट बहादुर शाह जाफरका नाति) लगायतका विद्रोहीहरुको साथ पाएर बेगमले ८–१० हजार सेना बनाएर लखनउ शहरलाई अंग्रेजबाट मुक्त गरेकी थिइन । जनरल लरेन्सको नेतृत्वको अंग्रेजी सेना विद्रोहीको घेराबन्दीमा भएको बेलामा ब्रिटिश इन्डियाले नेपाल सरकारलाई विद्रोह दबाउन सहयोग माग गरेकोले जंगबहादुर राणा फौज लिएर सन् १८५८ मार्च ५ का दिन लखनउ पुगे । उनको नेतृत्वको नेपाली सेनाले करिब १५ दिन लगाएर लखनउलाई विद्रोहीबाट मुक्त गर्यो । मार्च १९ का दिन मुसाबागमा भएको अन्तिम लडाईंमा ठुलो हताहती भएपछि बेगम हसरत महलको नेतृत्वमा रहेका विद्रोहीहरु हातहतियार र केहि खरखजाना सहित भागे ।

विद्रोहीको नेपाल आगमन
भागेर आएका विद्रोही नेता र सिपाहीहरु नानपारा हुँदै बाँकेमा आए । त्यहाँसम्म अंग्रेज आएपछि उनीहरु राप्तीको किनार हुँदै बलरामपुर पुगेर त्यहाँबाट चुरेको घेच हुँदै सन् १८५८ को अन्तिमतिर नेपाल आइ बुटवल नजिक सुखौरा खोलामा गढ बनाई बसे । त्यहाँ भारतबाट भागेर आएका विद्रोहीहरुको संख्या बढ्दै गएको र भारतका लेफ्टिनेन्ट कर्नेल रामसेले विद्रोही सुम्पन माग गरेकोले बुटवल नजिक चारकोशे झाडीमा किल्ला बनाइ बसेका विद्रोहीहरुलाई पक्रन जंगबहादुरले कर्नेल पहलमान सिंह बस्नेतको नेतृत्वमा ४ हजार सेना पठाए । विद्रोहीको शक्ति धेरै ठुलो भएकोले त्यो सेनाले तत्काल केहि गरेन । पछि सन् १८५९ अगस्तमा जनरल धीर समशेरको नेतृत्वमा ४ हजार सेना बुटवल पठाइयो । सेनाले विद्रोहीमाथि धावा बोलेर करिव ४०० जनाको हत्या गर्यो र ३५ सय सैनिक र विद्रोही नेताहरु पक्राउ गर्यो ।

विद्रोहीहरुलाई कब्जामा लिएपछि सन् १८५९ नभेम्बर १४ मा ११ हजार सेनाका साथ जंगबहादुर बुटवल पुगेर विद्रोही नेताहरुसँग भेट गरे । उनले बेगम हसरत महल, नवाब ब्रिजिस कादिर, नाना साहेब दुग्दु पन्त, निजकी आमा र दुग्दु पन्तकी रानी कांशी बाई इज्जतका साथ शरण दिएर भत्ता र आवासको व्यवस्था गरिदिएर काठामाडौंको थापाथलीमा राखे । अंग्रेजले निकै खोजी गरेका बालारावको बुटवलमै मृत्यु भैसकेको थियो । अर्का विद्रोही नेता नानारावलाई जंग बहादुरले अंग्रेजलाई नसुम्पिई पहिले कैलाली र पछि दाङमा लुकाएर राखे ।

विद्रोहीहरुलाई कब्जामा लिएपछि सन् १८५९ नभेम्बर १४ मा ११ हजार सेनाका साथ जंगबहादुर बुटवल पुगेर विद्रोही नेताहरुसँग भेट गरे । उनले बेगम हसरत महल, नवाब ब्रिजिस कादिर, नाना साहेब दुग्दु पन्त, निजकी आमा र दुग्दु पन्तकी रानी कांशी बाई इज्जतका साथ शरण दिएर भत्ता र आवासको व्यवस्था गरिदिएर काठामाडौंको थापाथलीमा राखे ।

सन् १८७९ अप्रिल ७ मा बेगम हसरत महलको मृत्युभयो र उनलाई काठमाडौंको कुनै इमामबाडामा दफÞनाइयो । बेगमको मृत्युपछि उनका छोरा नवाब ब्रिजिस कादिर भारततर्फ लागे । भारत स्वतन्त्र भएपछि बेगमलाई स्वतन्त्रता सेनानीको रूपमा उच्च सम्मान प्रदान गरियो । उनको नाममा लखनउमा बेगम हसरत महल पार्क बनाइएको छ र भारत सरकारले उनको तस्विर अंकित हुलाक टिकट समेत प्रकाशन गरिसकेको छ ।

जंगबहादुरको व्यवहारबाट प्रभावित भएर सन् १८६० मे ७ म बेगम हसरत महल लगायतका आश्रितले सुनको किस्तीमा हिरा जवाहरात राखि जंगबहादुरलाई नजराना स्वरुप प्रदान गरे । जंगबहादुर त्यतिकैमा सन्तुष्ट थिएनन । त्यतिबेला भारतबाट आएका विद्रोहीहरुले आफुसँग प्रसस्त धन सम्पति ल्याएको र त्यसलाई गाडेर छोडेको हल्ला चलेकोले जंग बहादुर शिकारको निम्ति बुटवल झरेको बेलामा (सन् १८६६अन्तिममा) पहिले विद्रोहीहरु बसेको ठाउँमा खन्न लगाए । तर त्यहाँ थोरै पित्तले भाँडा र थोत्रा भरुवा बन्दुक मात्र फेला परे ।

पुरुशोत्तम शमशेरले लेखेको पुस्तक श्री ३ को तथ्य वृतान्त नामक पुस्तकमा विद्रोहीहरु बुटवल नजिक गढ बनाइ बसेका थिए भन्ने उल्लेख छ । यो ठाउँ बुटवल औद्योगिक क्षेत्र पूर्वको जंगलभित्र पर्छ । यो जंगलमा पाईने भग्नावशेषमा प्रयोग भएका ईटाहरु इलाहाबाद र लखनउका पुराना संरचनामा प्रयोग भएकासँग मेल खान्छन् । पुस्तकमा उल्लेख भएअनुसार जंगबहादुरले खरखजाना खोज्न जंगलमा खन्न लगाएका थिए । अव्यवस्थित ढंगले खनिएका खाडलहरू केहि वर्ष अघिसम्म पनि शंकरनगर र करहिया सामुदायिक वनभित्र प्रसस्तै देखिन्थे । यी प्रमाणहरुलाई हेर्दा सुखौरा क्षेत्र नै बेगम हसरत महल आएर बसेको ठाउँ हो भन्ने अनुमान गर्न सकिन्छ ।

किन रोजियो बुटवल ?
लखनौबाट भागेर आएका सिपाही विद्रोहीहरू सिधै बुटवल आएका थिएनन् । उनीहरु सुरुमा बाँकेको राप्ती किनारमा आएका थिए । त्यहाँ पनि अग्रेजी फौजले लखेटेपछि राप्तीको किनार हँुदै भारतको तुलसीपुर पुगेका थिए । त्यहाँपनि अंग्रेजसँग हारेपछि छिन्नभिन्न भएर फरक फरक समयमा नेपाल प्रवेश गरेका थिए । लखनउमा भन्दा गोरखपुरमा पहिले विद्रोह फैलिएको थियो र नेपाली फौजले विद्रोहलाई शान्त पारिसकेको थियो । विद्रोहीहरू भागेर आउन बुटवल नजिक भएकोले बुटवल छेउछाउ आइसकेका थिए । बुटवलले त्यो भन्दा ४५ वर्ष पहिले अंग्रेजलाई हराएर लखेटेको हुनाले अंग्रेजी फौजलाई बुटवल पस्न नेपालले दिनेछैन र यस ठाउँमा बढी सुरक्षित रहन सकिन्छ भन्ने सोचले उनीहरुलाई बुटवल डो¥याएको हुनुपर्छ । सेनकालमा तानसेन र अवधको राम्रो सम्बन्ध भएकोले पनि सिपाही विद्रोहीले यो क्षेत्रलाई रोजेको हुनुपर्छ । भारतकै अन्य क्षेत्र र नेपालका विभिन्न भागमा सहज सम्पर्क गर्न सकिने र तत्कालिन भू–राजनैतिक कारणले सुरक्षित पनि रहन सकिने भएकोले सिपाही विद्रोहीहरू अलगअलग समुहमा बुटवल आएको देखिन्छ ।

इतिहास जित्नेहरुको लेखिन्छ र जहाँ पनि जित्नेकै खोजी हुन्छ । बेगमले अवधमा रहँदासम्म साहसी काम गरिन्, त्यसैले त्यहाँसम्म उनको इतिहास सबैले लेखेका छन् । उनको बुटवल बसाईको भने विस्तृत रूपमा कतै उल्लेख भएको भेटिदैन । लखनउमा नेपाली सेनाले उनको सेनालाई हराएर धपाउनु नेपाली साहस र वीरता हो भने उनै विद्रोहीहरुलाई नेपालमा शरण दिएर राख्नु नेपाली समाजको महानता हो । बेगम र उनको समुहको नेपालमा बसाईको खोजी गर्न सकेमा नेपाली वीरता र महानता विश्वले अझ राम्ररी बुझ्ने मौका पाउथ्यो ।

इतिहास जित्नेहरुको लेखिन्छ र जहाँपनि जित्नेकै खोजी हुन्छ । बेगमले अवधमा रहँदासम्म साहसी काम गरिन्, त्यसैले त्यहाँसम्म उनको इतिहास सबैले लेखेका छन् । उनको बुटवल बसाईको भने विस्तृत रूपमा कतै उल्लेख भएको भेटिदैन । लखनउमा नेपाली सेनाले उनको सेनालाई हराएर धपाउनु नेपाली साहस र वीरता हो भने उनै विद्रोहीहरुलाई नेपालमा शरण दिएर राख्नु नेपाली समाजको महानता हो । बेगम र उनको समुहको नेपालमा बसाईको खोजी गर्न सकेमा नेपाली वीरता र महानता विश्वले अझ राम्ररी बुझ्ने मौका पाउथ्यो । यहाँ मैले आफ्नो सेरोफेरोमा देखे सुनेका तथ्यहरु मात्र कोट्याएको हो र मेरो उद्धेश्य इतिहासकारहरुलाई घच्घच्याउनु हो । बेगम हसरत महल र उनका सहयोगीहरु जहाँ बसेको सुखौरा क्षेत्र ऐतिहासिक महत्वको ठाउँ हो । नेपालमा विद्रोहीहरु बसेको र नेपाली फौजले उनीहरुलाई परास्त गरेको ठाउँको खोजी, संरक्षण र प्रचारप्रसार गर्न सकेमा त्यो ठाउँमा पर्यटक र अनुसन्धाताहरुलाई आकर्षित गर्न सकिन्छ । यसतर्फ बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेश सरकार, पुरातत्वविद् तथा इतिहासकारहरुले ध्यान दिनु जरुरी छ ।

सुखौरा क्षेत्रको वर्तमान अवस्था
शुरुमा जंग बहादुरले चासो देखाएपनि पछी यो ठाउको बारेमा कसैले चासो नदेखाउदा लखनौका विद्रोहीहरुले बनाएका संरचनाहरु नष्ट हुदै गए। वि।स। २०४० को दशकसम्म सुखौरा खोलाको किनारमा पुराना संरचनाका भग्नावशेष, स्नान घाट र कुवाहरु भेटिने गरेको भएपनि पछी सुखौरा खोलामा वर्षेनी आउने बाढी र वनको झारपातले गर्दा ति संरचनाहरु पुरिदै , हराउदै गए। पुरानो पुस्ता वन जान छोडेपछि ति संरचनाको अवस्थिति पनि मानिसहरुले भुल्दै गए। अहिले एउटा ईनार बाहेक देखिने गरि कुनै संरचना छैनन्।

के गर्न सकिएला?
सुखौरा क्षेत्रलाई एतिहासिक भारतीय स्वतन्त्रता संग्राम स्मृति स्थलको रुपमा विकसित गरेर भारतीय पर्यटक र सिपाही विद्रोहमा सामेल भएर ज्यान गुमाएका भारतीय ( खासगरी मुस्लिम)का सन्ततिलाइ आकर्षित गर्न सकिन्छ। यसको लागि सबैभन्दा पहिले सुखौरा खोला छेउछाउमा रहेका भाग्नाववशेषहरुको खोजि गर्ने, यहा ज्यान गुमाएका सिपाही विद्रोहका सिपाही र नाइकेहरूको सुची तयार गरि सम्भव भएसम्म अलगअलग समाधि बनाउने, पुरातात्विक संग्राहलय बनाउने र त्यसको बारेमा गोरखपुर, बलरामपुर, लखनउमा प्रचार प्रसार गरे हो भने भारतीय पर्यटकलाई आकर्षित गर्न सकिछ। हाल बनवाटिका आईरहेका पर्यटकलाई पनि त्यहासम्म लैजान सकिन्छ। यो क्षेत्रमा राम्रो वन भएकोले जंगल सफारी, वर्ड वाचिंग, पदयात्रा समेत गराउन सकिनेछ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १० : ४५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण