१६ श्रावण २०८३, शनिबार | August 1, 2026

स्वास्थ्यकर्मी र संक्रमितलाई पौष्टिक आहार र सुरक्षा सामग्री सहयोग गर्दै राप्रपाले मनायो स्थापना दिवस



बुटवल । राष्ट्रिय प्रजातान्त्र पार्टीको ३१औ स्थापना दिवस पारेर राप्रपा बुटवलले बुटवलको कोरोना विशेष अस्पतालमा पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा अग्रपंक्तिमा रहेर विरामिहरुलाई सेवा दिनुहुने स्वास्थ्यकर्मी तथा उपचाररत विरामीहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्साल, राप्रपा केन्द्रीय सदस्य ईर्शाद आलाम मिया, राप्रपा देवदह नगर अध्यक्ष माधव रिमाल क्षेत्र न. (२) सचिव लक्ष्मण श्रेष्ठ लगायतले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसिन एंव फोकल पर्सन डाक्टर नन्दु पाठक र बालरोग विशेषज्ञ डा. नेत्र रानालाई सामग्री वितरण गरिएको राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाणले बताए। कोभिड १९ बिरुद्ध अग्रपंक्तिमा खटिएका स्वस्थकर्मिहरुप्रति सबैको माया स्नेह र विश्वास अहिलेको आवश्यकता भएको भन्दै उनले दुई वटा अस्पतालमा गरि १ सय ३० जनालाई सामग्री वितरण गरिएको बताए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ५६ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई