१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने



काठमाडौं । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

सरकारी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जाडिनेछ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडलले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनालाई शीघ्र सम्पन्न गर्न प्रोत्साहित गर्ने उल्लेख छ ।

यस्तै सरकारले अर्धजलाशय र जलाशयुक्त आयोजना निर्माणलाई समेत विशेष प्राथमिकतामा राखेको छ । आगामी आवभित्र ४३ जिल्लामा पूर्णरूपमा विद्युतीकरण गरी उज्यालो नेपाल निर्माणलाई एउटा निष्कर्षमा पु¥याउने विषयलाई बजेटले महत्वका साथ समावेश गरेको छ ।

सरकारले ऊर्जा क्षेत्रका लागि कूल एक खर्ब २१ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए । ऊर्जा दक्षता कार्यक्रमलाई समावेश गरिएको छ भने विपन्न नागरिकको घरमा निशुल्क रुपमा विद्युत् जडान गर्ने कार्यक्रम समेटिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : १८ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा