१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

एमालेको सुदुरपश्चिम संसदीय दलले गर्यो प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय



कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले एमाले केन्द्रको निर्देशन विपरित प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेको ओली पक्षिय केन्द्रले प्रदेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय गर्न निर्देशन गरि पनि मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेको संसदीयदलको निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट सुरक्षित अवस्थामा पुगेका छन् । यस अघि नै नेपाली कांग्रेस संसदीयदलले भट्टलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद मध्य एमाले संसदीय दलमा नेपाल पक्षको बहुमत छ ।

एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले नेपाल पक्षका सांसदकै समर्थनमा विश्वासको मत हासिल गर्न सक्छ । प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ११ : ०५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग