८ बैशाख २०८१, शनिबार | April 20, 2024

ताप्लेजुङको फुङलिङ नगरपालिकामा थपियो निषेधाज्ञाको अवधि



ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि तेस्रोपटक थप गरिएको अवधि सकिनै लाग्दा जिल्ला प्रशासन कार्यालयले पुन अवधि थप गर्दै यही जेठ २४ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

यसअघि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप भएको थियो । सङ्क्रमणको अवस्था सामान्यतर्फ नफर्किएकाले यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको अवधि बढाइएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा अनावश्यक हिंड्डुल नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच सिरिजङ्घा गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । केही दिनयता गाउँपालिकाभित्रै कोभिड—१९ को सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अत्यावश्यकबाहेकका सेवा यही जेठ २२ गतेसम्म स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय, माताहतका सबै वडा र नेपाल बैंक लिमिटेडबाट प्रवाह हुँदै आएका सेवा स्थगित गरिएको हो । यसअघि समेत उक्त सेवाहरु स्थगित गरिएको थियो ।

यस्तै जेठ २२ गतेसम्म यात्रुवाहक सवारीसाधनको आगमनमा पूर्णरुपले रोक लगाइएको समेत जनाइएको छ । सङ्क्रमण दिनानुदिन बढिरहेकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सर्वसाधारण सबैलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ८ : ५३ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा