२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

एकैदिन एउटा ल्यावमा कोरोना पोजेटिभ अर्कोमा नेगेटिभ : लापरवाही की गलत ईक्युप्मेन्ट !



बुटवल । बुटवलको २ वटा पीसीआर प्रयोगशालामा एकैदिन ३–४ घण्टाको फरकमा एउटा ल्यावमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ र अर्कोमा नेगेटिभ आएपछि कोरोना परीक्षण गर्न आएकी एकजना गर्भवती महिला अल्लमल्ल परेकी छिन् ।

८ महिनाकी गर्भवती एकजना महिलाले एकैदिन बुटवलस्थित नेशनल प्याथ ल्याव र लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गराउँदा एउटामा पोजेटिभ र अर्कोमा नेगेटिभ रिपोर्ट आएपछि उनी अल्लमल्ल परेकी हुन् ।

पोजेटिभ रिपोर्टमा पनि सीटी भ्यालु २० देखाएपछि अत्तालिएर अर्को ल्यावमा परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ देखाएपछि ल्यावको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

बुटवल उपमहानगरकी बासिन्दा रहेकी ८ महिनाकी ती गर्भवती महिला नियमित गर्भ परीक्षण गराउन चिकित्सककोमा पुग्दा पीसीआर गराउन भनेपछि उनले पहिलो पटक नेशनल प्याथ ल्यावमा बैशाख १९ गते पीसीआर गरेकी थिइन् । पहिलो पटक सीटी भ्यालु ३३ सहित रिपोर्ट पोजेटिभ आयो । उनी होम आइसालेसनमा बसेर ९ दिनपछि पुनः पीसीआर परीक्षण गर्दा सीटी भ्यालु ३२ सहित पोजेटिभ आयो । त्यसको ५ दिन पछि पुनः नेशनल प्याथ ल्यावमै उनले पीसीआर गराईन् । तेस्रो पटक पीसीआर गराउँदा सीटी भ्यालु २४ सहित फेरि पनि पोजेटिभ रिपोर्ट आएपछि उनको मनमा चिसो पस्यो ।

‘मलाई कुनै लक्षण थिएन, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने कुनै लक्षण ममा थिएन, तर घरिघरि पोजेटिभ रिपोर्ट आउँदा छक्क परेकी थिएँ’, उनले भनिन्, ‘मनमा डर पनि भयो, तर लक्षण नभएकोले केहि हुँदैन भन्ने पनि लाग्यो ।’

घर परिवार र चिकित्सकको सल्लाहमा उनी आवश्यक औषधी सेवन गरी थप १४ दिन घरै बसिन् । उनमा लक्षण भने केहि थिएन । चिकित्सकले पीसीआर रिपोर्ट नभई गर्भ जाँच नगर्ने भनेकै कारण उनले बारम्बार पीसीआर परीक्षण गरेकी थिइन। थप १५ दिन होम आइसोलेसनमा बसेर चौथो पटक हिजो आइतबार पीसीआर गर्न भने उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगिन । प्रादेशिक अस्पतालले २० सीटी भ्यालुसहित रिपोर्ट फेरिपनि पोजेटिभ देखाएपछि उनीसहित घर परिवार सबै आत्तिए । ‘लकडाउन छ, काठमाडौं लैजान जहाज चल्दैन, गर्भ ८ महिना पुरा भयो गाडीमा लैजान डर भयो, हामी सबै असमज्जमा प-यौं ’ उनका श्रीमानले नाम नबताउने सर्तमा खबरकुरासँग भने, ‘परिवारसहित सबै अत्तालियौं । के गर्ने कसो गर्ने ?’

लुम्बिनीमा पोजेटिभ रिपोर्ट आएपछि एकपटक फेरि क्रस चेक गर्न भन्दै आइतबार नै दिउँसो उनीहरुले नेशनल प्याथ ल्यावमा पनि स्वाव दिए । तर नेशनल प्याथ ल्यावमा आइतबार दिएको नमुनाको रिपोर्ट आज प्राप्त हुँदा रिपोर्ट नेगेटिभ आएको छ । एकैदिन ३–४ घण्टाको फरकमा दिएको स्वावको रिपोर्ट २ वटा ल्यावमा फरक फरक आएपछि अब कुन ल्यावको रिपोर्टलाई मान्ने रु फेरि उनीहरु अल्लमल्ल परेका छन् ।

‘नियमित गर्भजाँच गर्ने चिकित्सकले पनि अब कुन रिपोर्टलाई मानेर औषधी वा उपचार सिफारिस गर्ने अल्लमल्ल पर्नुभएको छ’, गर्भवती महिलाका श्रीमानले भने, ‘यो लापरवाही हो की गलत ईकुप्मेण्ट ! बुझ्नै सकिएन ।’

पीसीआर जाँच गर्न गएकी महिला आफै स्वास्थ्यकर्मी भएकाले उनी धैर्यता लिएर बसेकी छिन् । ‘उनको स्थानमा सर्वसाधारण अन्य महिलाले यस्तो रिपोर्ट देखेको/सुनेको अवस्थामा कति अत्तालिन्थिन् होला ?’, ती महिलाका श्रीमानले खबरकुरालाई भने ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  २ : ५३ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा