११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रहरीलाई ‘घुस’ दिन खोज्नेलाई रुपन्देही प्रहरीले चलायो अभद्र व्यवहारको मुद्दा



बुटवल । प्रहरीलाई घुस दिन खोज्ने एकजना मदिरा व्यवसायीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । निषधाज्ञाको उल्लंघन गर्दै मदिराजन्य पदार्थ बोकेर बेच्न हिँडेका एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाईएको छ ।

रुपन्देही प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१२ डाँडागाउमा खटिएको प्रहरीले मदिरा बेच्दै हिँडेका लोक बहादुर बयम्बु मगरलाई आबश्यक सोधपुछ गर्ने क्रममा डिउटीमा खटिएको प्रहरी टोलीलाई प्रलोभन देखाई २५००घुस लिन प्रस्ताव गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी बुझाएको थियो ।

मगरले घुस लिन अस्विकार गर्ने प्रहरीसँग बादविवाद तथा गालि गलौज समेत गरेकाले उनीमाथि अभद्र ब्यबहार मुद्धा दर्ता चलाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । पक्राउ परेका मगरलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : ५३ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि