१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

प्रहरीलाई ‘घुस’ दिन खोज्नेलाई रुपन्देही प्रहरीले चलायो अभद्र व्यवहारको मुद्दा



बुटवल । प्रहरीलाई घुस दिन खोज्ने एकजना मदिरा व्यवसायीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । निषधाज्ञाको उल्लंघन गर्दै मदिराजन्य पदार्थ बोकेर बेच्न हिँडेका एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाईएको छ ।

रुपन्देही प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१२ डाँडागाउमा खटिएको प्रहरीले मदिरा बेच्दै हिँडेका लोक बहादुर बयम्बु मगरलाई आबश्यक सोधपुछ गर्ने क्रममा डिउटीमा खटिएको प्रहरी टोलीलाई प्रलोभन देखाई २५००घुस लिन प्रस्ताव गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी बुझाएको थियो ।

मगरले घुस लिन अस्विकार गर्ने प्रहरीसँग बादविवाद तथा गालि गलौज समेत गरेकाले उनीमाथि अभद्र ब्यबहार मुद्धा दर्ता चलाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । पक्राउ परेका मगरलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ८ : ५३ बजे

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले