१२ मंसिर २०८३, शनिबार | November 28, 2026

निषेधाज्ञाका कारण विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल



कैलाली । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ ।

नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो ।

दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आउनुभएका धनगढी उपमहानगरपालिका-२ का स्थानीयवासी धनिराम चौधरीले निषेधाज्ञापछि काम नपाउँदा हिजोआज बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल भइरहेको बताए । “निषेधाज्ञा भएको एक महिनाभन्दा बढी भइसक्यो, अझै कति लम्बिने हो कुनै निश्चित छैन”, चौधरीले भने, “हामी दैनिक मजुदरी गरेर आजै कमाएर आजै खानुपर्ने बाध्यता भएकालाई परिवार पाल्न निकै धौधौ भएको छ ।”

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्बिँदै जाँदा दैनिक ज्यालामा मजदुरी गर्ने तथा विपन्न परिवारलाई गुजारा चलाउन कठिन भएको हो । निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नहुने भएकाले घरपरिवार पाल्न समस्या भएको धनगढी-२ कै हर्कबहादुर नेपालीले दुखेसो गरिन् ।

गत वर्ष विपन्न परिवार तथा मजुदरका लागि भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी सङ्घसंस्थाले खाद्यान्न तथा राहत सामग्री वितरण गरेकाले केही राहत भएको थियो तर यस पटक भने कहीँ कतैबाट पनि नपाएको उनको भनाइ छ । “बन्दअघि काम गरेर बचत गरेको सबै पैसा खर्च भइसक्यो, अब त घरमा खाने चामल, दाल पनि सकिइसकेको छ, परिवारमा कमाउने मान्छे म एक्लै हूँ, छ जनाको परिवार पाल्न निकै गाह्रो भएको छ”, उनले भने ।

त्यस्तै धनगढीको ट्राफिक चोक साइडमा सडकपेटीमा पसल राखेर जुत्ता, चप्पल सिलाई जीविकोपार्जन गर्दै आएका धनगढी, विशालनगरका दलबहादुर सार्कीले पनि निषेधाज्ञाले लामो समयदेखि गर्दै आएको परम्परागत पेशा एक महिनादेखि ठप्प भएकोले खर्च जुटाउनै सकस भएकोे समस्या दोहो(याए ।

उनले निषेधाज्ञापछि आफ्नो व्यवसाय पूर्णरूपमा ठप्प भएपछि परिवारको लालनपालनका साथै औषधि उपचार गर्न समेत अप्ठ्यारो भएकोे बताए । एक महिनादेखिको निषेधाज्ञाका कारण औद्योगिक, यातायात, निर्माण तथा बजार क्षेत्रमा काम गरेर खाने मजदुर बढी प्रभावित भएका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ९ : ५१ बजे

Your email address will not be published.

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

पोखरा । सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु

प्रधानमन्त्री लक्षित विश्वप्रकाशको टिप्पणी – ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दै छन्, अब पर्दा पूरै च्यातिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

लिमा । पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको

अध्यागमन विभागको महानिर्देशक फेरिए, सात जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गर्नुका साथै

वासिङ्टनको रीगन विमानस्थलमा अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा ठोक्किए

वासिङ्टन । वासिङ्टन डीसीस्थित रीगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन