१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

एमाले लुम्बिनी प्रदेश संसदीय दल बैठक : बिरामी परेपनि संसदमा उपस्थित हुन मुख्यमन्त्रीको निर्देशन



बुटवल । लुम्बिनी प्रदेशसभा एमाले संसदीयदलको बैठक सकिएको छ । आजबाट सुरु हुँदै गरेको प्रदेशसभाको आठौं अधिवेशन अगाडि बसेको संसदीयदलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेट एकढिक्का भएर पारित गराउने निर्णय भएको एमालेले जनाएको छ ।

विपक्षी गठबन्धनले बैठकको प्रारम्भका नै मुख्यमन्त्रीको राजीनामा माग्ने योजना बनाएपछि त्यसलाई एमाले संसदीयदलको रणनीति तय गर्न आज बिहन बैठक बसेको थियो । बैठकमा एमालेका सत प्रतिशत सांसदहरुको उपस्थिती रहेको र सरकारको नीति तथा कार्यक्रम र बजेटलाई एकढिक्का भएर समर्थन गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबै सांसदहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै बिरामी परेपनि संसदमा उपस्थिती जनाउन निर्देशन दिएको उनले बताए । ‘बिरामी पर्ने वातावरण नै नबनाउन र परिहालेपनि स्वास्थ्य मापदण्ड पालना हुने गरि संसदमा अनिवार्य उपस्थित हुन मुख्यमन्त्री जीले निर्देशन दिनुभएको छ ‘, उनले भने ।

मन्त्री चौधरीले कानुनी हिसावले गोप्य मतदानको परिणामलाई संसदीय कारवाही मान्न नसकिने बताउँदै राष्ट्रियसभाको परिणामका आधारमा सरकार अल्पमतमा परेको कुरा असत्य भएको बताए । प्रदेशका विपक्षी गठबन्धनले राष्ट्रियसभा उपनिर्वाचनमा पनि सरकार अल्पमतमा परेको पुष्टि भएकाले राजीनामाको बिकल्प नरहेको बताउँदै आएको छ । ‘प्रदेशसभामा संबैधानिक हिसावले ४५ र राजनीतिक हिसावले ४२ संख्या एमालेको रहेकाले अल्पमत पुष्टि हुन सक्दैन ।’ मन्त्री चौधरीले भने ।

उता सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सरकार अल्पमतमा नरहेको र नीति तथा कार्यक्रम र बजेट पास हुन नसकेपनि सरकारबाट हट्न संबिधानले बाध्य नपारेको बताएका छन् । संसदीयदलको बैठक सहिएलगत्तै खबरकुरासँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपक्षीसँग बहुमत सिद्ध गर्ने प्रमाणित आधार नभएका कारण नीति तथा कार्यक्रम र बजेट फेल भएपनि सरकार नहट्ने बताए । राष्ट्रिसभा उपनिर्वाचनको मतका आधारमा सरकार अल्पमतमा परेको भन्ने कुरा सतही कुरा भएको उल्लेख गर्दै उनले यो दुईदल मिलेर बनेको सरकार भएको र सर्वोच्चको परमादेशले त्यसलाई पुष्टि गरेकाले सरकार बहुमतमा रहेको स्वत सिद्ध हुने दाबी गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : २४ बजे

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल