७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले लुम्बिनी प्रदेश संसदीय दल बैठक : बिरामी परेपनि संसदमा उपस्थित हुन मुख्यमन्त्रीको निर्देशन



बुटवल । लुम्बिनी प्रदेशसभा एमाले संसदीयदलको बैठक सकिएको छ । आजबाट सुरु हुँदै गरेको प्रदेशसभाको आठौं अधिवेशन अगाडि बसेको संसदीयदलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेट एकढिक्का भएर पारित गराउने निर्णय भएको एमालेले जनाएको छ ।

विपक्षी गठबन्धनले बैठकको प्रारम्भका नै मुख्यमन्त्रीको राजीनामा माग्ने योजना बनाएपछि त्यसलाई एमाले संसदीयदलको रणनीति तय गर्न आज बिहन बैठक बसेको थियो । बैठकमा एमालेका सत प्रतिशत सांसदहरुको उपस्थिती रहेको र सरकारको नीति तथा कार्यक्रम र बजेटलाई एकढिक्का भएर समर्थन गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सबै सांसदहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै बिरामी परेपनि संसदमा उपस्थिती जनाउन निर्देशन दिएको उनले बताए । ‘बिरामी पर्ने वातावरण नै नबनाउन र परिहालेपनि स्वास्थ्य मापदण्ड पालना हुने गरि संसदमा अनिवार्य उपस्थित हुन मुख्यमन्त्री जीले निर्देशन दिनुभएको छ ‘, उनले भने ।

मन्त्री चौधरीले कानुनी हिसावले गोप्य मतदानको परिणामलाई संसदीय कारवाही मान्न नसकिने बताउँदै राष्ट्रियसभाको परिणामका आधारमा सरकार अल्पमतमा परेको कुरा असत्य भएको बताए । प्रदेशका विपक्षी गठबन्धनले राष्ट्रियसभा उपनिर्वाचनमा पनि सरकार अल्पमतमा परेको पुष्टि भएकाले राजीनामाको बिकल्प नरहेको बताउँदै आएको छ । ‘प्रदेशसभामा संबैधानिक हिसावले ४५ र राजनीतिक हिसावले ४२ संख्या एमालेको रहेकाले अल्पमत पुष्टि हुन सक्दैन ।’ मन्त्री चौधरीले भने ।

उता सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सरकार अल्पमतमा नरहेको र नीति तथा कार्यक्रम र बजेट पास हुन नसकेपनि सरकारबाट हट्न संबिधानले बाध्य नपारेको बताएका छन् । संसदीयदलको बैठक सहिएलगत्तै खबरकुरासँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपक्षीसँग बहुमत सिद्ध गर्ने प्रमाणित आधार नभएका कारण नीति तथा कार्यक्रम र बजेट फेल भएपनि सरकार नहट्ने बताए । राष्ट्रिसभा उपनिर्वाचनको मतका आधारमा सरकार अल्पमतमा परेको भन्ने कुरा सतही कुरा भएको उल्लेख गर्दै उनले यो दुईदल मिलेर बनेको सरकार भएको र सर्वोच्चको परमादेशले त्यसलाई पुष्टि गरेकाले सरकार बहुमतमा रहेको स्वत सिद्ध हुने दाबी गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : २४ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा