६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो



बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

नेकपा एमाले सम्बद्ध यातायात व्यवसायीहरुको संगठन लोकतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै उनीहरुले यातायात व्यवसायीले आफ्नो व्यवसायलाई व्यवस्थि तगर्न खोज्दा सिण्डिकेटको आरोप लगाएर खारेज गरिएको भन्दै यसले यातायात क्षेत्र झनै धरासायी अवस्थामा पुगेको बताए ।

साथै उनीहरुले सिण्डिकेट खारेजको नाममा यातायात व्यवसाय धरासायी बनाउने कोशिष भएको भन्दै न्यायालयको पछिल्लोपटकको फैसलाले यातायात क्षेत्रलाई राहत पुगेको बताए । सर्वोच्च अदालतले केही दिन अगाडि यातायात सम्बद्ध संघसंस्थाहरु पुरानौ अवस्थामा नवीकरण गर्न पाउने गरी फैसला सुनाएको छ ।

अधिवेशनको उदघाटन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले यातायात व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र व्यवसायीले उठाएका मुद्दाहरुका विषयमा पार्टी गम्भीर रहेको बताए । उनले केही समस्या भए छलफल गर्न सकिने भन्दै व्यावसायिक हकहितका लागि लोकतान्त्रिक यातायात व्यवसायी संगठनले खेलेको भूमिकाको प्रशंसा गरे ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यातायात व्यवसायीले उठाएका मागहरु गम्भीर र संवेदनशील रहेको र यसमा गहन अध्ययन गरेर अगाडि बढा्नुपर्ने धारणा राखे ।

संगठनका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनालीले बिगतका सरकारको गलत नीतिको कारण यातायात व्यवसायी समस्यामा परेको दावी गरे । उनले यातायात व्यवसाय प्रति राज्यले चासो नदिंदा अहिले उनीहरू सो क्षेत्रबाट बिस्थापित हुने अवस्था आएको भन्दै यसतर्फ राज्य गम्भीर बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग लुम्बिनीका प्रमुख कुमार थापा, एमाले प्रदेश कमिटीका सदस्यहरु कुमार थापा, सूर्यबहादुर भट्टराई, तुलसीराम बन्जाडे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संगठनका संस्थापक अध्यक्ष तुलसीराम बन्जाडे, व्यवसायीहरु नारायण घिमिरmे जीवनकुमार बन्जाडेलगायतले यातायात व्यवसायीका समस्याहरु समाधान गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । अधिवेशनकै अवसरमा संगठनका जिल्ला कमिटीहरु पनि घोषणा गरिएको संगठनकी केन्द्रीय सदस्य मञ्जु बस्नेतले जानकारी दिइन् ।

संगठनको लुम्बिनी प्रदेश अध्यक्षमा बञ्जाडे

लोकतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले जीवनकुमार बञ्जाडेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा प्रमोद धिताल, सचिवमा केशव पन्थ, उपसचिवमा भुपेन्द्र पोखरेल चयन भएका छन् भने कोषाध्यक्ष पहिलो बैठकबाट मनोनीत गरिने बताइएको छ ।

त्यस्तै सदस्यहरुमा जगत धामी (प्यूठान), बखतबहादुर केसी (बाँके), रुमाखर बोहोरा (प्यूठान), हिमाल कुँवर (गुल्मी), यज्ञश्वर आचार्य (रोल्पा), प्रल्हाद श्रेष्ठ (दाङ), धनबहादुर ओली, खड्क कुँवर, मोहम्मद इमरान राजु, कृष्ण सुवेदी, धनबहादुर पुन, कृष्ण कंडेल र राजन पोखरेल, रितेश आचार्य, टंक भट्ट र सीता बस्याल रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ०० बजे

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन