१६ श्रावण २०८३, शनिबार | August 1, 2026

स्व‍‍. पत्रकार हिक्मत चौधरीको परिवारलाई पत्रकार महासंघ केन्द्रिय समितिद्वारा आर्थिक सहयोग



बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकार हिक्मत चौधरीको परिवारलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले पठाएको रकम प्रदान गरिएको छ ।

स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा(५ मणिग्राम स्थित निवासमा पुुगेर नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका टोलीले सात्ववना दिदै काजकिरियाका लागि ३० हजार रुपैयाँ हस्तातरण गरेको हो । यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट नगद रु २५ हजार १ सय रुपैयाँ उपलब्ध गराएको थियो । केन्द्रिय समितिले पठाएको उक्त सहयोग रकम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गरे।

केन्द्रिय समितिका अध्यक्ष बिपुल पोखरेलले राहत रकम सहित पठाएको शोक संदेशमा पत्रकार चौधरीको मृत्युको घटनाप्रति दुख ब्यक्त गरेका छन् । पोखरेलले महामारीमा पत्रकार महासंघ रुपन्देहीबाट उपचारमा सक्दो कोसिश भएपनि बचाउन नसकेकोमा दुख ब्यक्त गर्दै परिवारजनमा हार्दिक समबेदना प्रकट गरेका छन् ।

कोरोना संक्रमणका कारण बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको यहि जेठको ५ गते बु मृत्यु भएको थियो ।

सहयोग हस्तान्तरणमा अध्यक्ष रामराज पोख्रेल, कोशाध्यक्ष संजय सौगात, कार्यसमिति सदस्य मोहन न्यौपाने, केन्द्रिय पार्सद दिवाकर पन्थीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ७ : २३ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश