१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी छ ।

भर्चुअल रुपमा सुरु भएको बैठकमा अहिले नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रममा आफ्नो पक्षको धारणा समान बनाउन नेपाल खनाल पक्षले बैठक आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनमा सहभागी भएको यो समुहकै कतिपय नेताहरु ओली पक्षसँग व्यक्तिगत रुपमा निरन्तर सम्वादमा रहेको बेलामा बैठक बसेको छ ।

बैठकमा यसबीचमा संस्थापन पक्षसँग भएका अनौपचारिक छलफलबारे नेताहरुले वार्तामा सहभागी नेताहरुसँग जवाफ माग्नेभएका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेहरु ओली पक्षका नेताहरुसँग निरन्तर वार्ता गरिरहेका छन् । तर, नेपाल पक्षका कैयौं नेताहरुले भने कार्यकर्ता र जनसंगठनहरुलाई विद्रोहका लागि तयार पारेर केही नेताहरुले आफ्नो स्वार्थअनुसार मात्रै संस्थापनसँग वार्ता गरिरहेका आरोप लगाइरहेका छन् । आफ्नै समुहमा दुई थरी विचार उत्पन्न भएपछि नेपाल खनाल पक्षले यसबारे निस्कर्ष निकाल्नका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

संस्थापन पक्षले झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशन गरेको छ । यस्तै अन्य १२ जना नेताहरुलाई पनि स्पष्टीकरण सोधेको ओली पक्षले कारवाही प्रक्रिया अघि बढाएको छैन । नेपाल खनाल र भीमरावलसहित केही सीमित नेताबाहेक अन्यलाई पार्टीमै अड्याउने रणनीतिअन्तर्गत ओली पक्षले नेपाल पक्षका नेताहरुसँग छलफल गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १२ : २१ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,