७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीले कोरोना संक्रमणलाई जित्दै गर्दा बुटवलमा सुरु भयो थप एक कोरोना अस्पताल



बुटवल । रुपन्देहीमा कोरोना माहामारीको दोस्रो चरणको ग्राफ घट्दै गएको बेला बुटवलमा नयाँ कोभिड अस्पताल संचालनमा आएको छ । बुटवल उद्योग बाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयु सेवा सुरु भएको हो । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५ आईसीयु तथा १० एचडीयु र १० जनरस (कोभिड आईसोलेशन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको छ ।

‘बुटवल उद्योग बाणिज्य संघ कोभिड–१९ आईसीयु वार्ड’को लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुभारम्भ गरे । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसंगै बुटवल उद्योग बाणिज्य संघ र आम्दाको बीचमा आईसीयु सञ्चालनको लागि दुई पक्षिय सम्झौता भएको थियो । सोही अनुसार संघले दुई आईसोलेशन सहित आईसीयुका ५ बेड सहयोग गरेको हो ।

भेन्टिलेटर सहितको आईसीयु सेवा शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले आम्दा अस्पतालको स्रोत व्यबस्थित गरि आगामी दिनमा अस्पताललाई अझ व्यबस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे । अस्पतालको स्तरउन्नतीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको समेत उल्लेख गरे । सरकारले कोरोना संक्रमितको उपचारलाई निःशुल्क गरेको र स्वास्थ्यकर्मीलाई समेत जोखिम भत्ताको व्यबस्था गरेकाले आफ्नो समेत दायित्व बोध गरेर बिरामीको उपचारमा सक्रिय हुन स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री श्रेष्ठले अस्पतालहरुलाई समेत निस्चिन्त भएर सेवालाई प्रभावकारी बनाउन अनुरोध गरे ।

कोभिड केयर युनिट सञ्चालनको लागि आम्दाले सरकारसंग तीन करोड रुपैंया माग गरे अनुसार संघीय सरकारलाई अनुरोध गरिएको जानकारी गराउँदै केन्द्र सरकारले नगरे प्रदेश सरकारले त्यसको व्यबस्थापन गर्ने समेत उनले बताए ।

आम्दा अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आमा बच्चाको उपचारको लागि स्थापना गरिएको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागु गर्न नसकिएको बताउँदै १५ वेड भन्दा माथिको अस्पताललाई प्रदेश सरकारले हेर्ने भएकाले प्रदेशको समेत दायित्व हुनेगरी नयाँ तरिकाले अंगाडी बढ्नुपर्ने बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना भाईरस महामारीका कारण उपचार अभावमा धेरैले न्यान गुमाउनु परेको बताउँदै संघले जति सकिन्छ भेन्टिलेटर सहित आईसीयु सेवा सञ्चालनको लागि वातावरण बनाएको जानकारी दिए । संघले लिएको यो पहलकदमीमा उद्योगी व्यबसायी, बस्तुगत समितिहरुबाट समेत ठूलो सहयोग प्राप्त भएको स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले कोभिड केयर युनिट सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघबाट ठूलो सहयोग प्राप्त भएको भन्दै संघप्रति आभार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : २२ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र