२३ बैशाख २०८१, आइतबार | May 5, 2024

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव र छुवाछुतविरुद्ध दृढतापूर्वक लाग्न सबैमा अपील गरेकी छिन । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो अपील गरेकी हुन ।

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यो कुप्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि समग्र साँस्कृतिक रुपान्तरणको खाँचो रहेको राष्ट्रपति भण्डारीले औंल्याएकी छिन् ।

‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ, ‘सामाजिक जागराणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु यो दिवसले सबैलाई अभिप्रेरित गर्नेछ ।

२०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ सालदेखि यसलाई दिवसका रुपमा मनाउन थालिएको हो । कोरोना महामारीका कारण अधिकांश स्थानमा निषेधाज्ञा लागू हुँदा दिवसका कुनै पनि औपचारिक कार्यक्रमहरु आयोजना गरिएका छैनन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १० : २५ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि