१८ असार २०८३, बिहिबार | July 3, 2026

सर्वोच्चको पूर्ण बैठकले गरेन नियमावली संशोधन, संवैधानिक इजलास हालकै विधिबाट गठन हुने



काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठतम न्यायाधीस समावेश गरेर संवैधानिक इजलास गठन गर्न नियमावली नै संशोधन आवश्यक नभएको निस्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतका २० जना न्यायाधीस सम्मिलित पूर्ण बैठकले इजलास सञ्चालनका लागि नियमावली संशोधन नै गर्न आवश्यक नभएको निस्कर्ष निकालेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बसेको बैठकमा अधिकांश न्यायाधीसहरुले अहिलेकै नियमावलीबाट पनि संवैधानिक इजलास गठन गर्न सकिने भएका कारण यत्तिका लागि संशोधन आवश्यक नभएको सुझाव दिएका छन् । बैठकमा प्रधानन्यायाधीस राणाले सर्वोच्च अदालत बार एशोसिएसनसँग प्रधानन्यायाधीसले गरेको समझदारीअनुसार नै इजलास गठन गर्ने बताएका छन् ।

सर्वोच्चको कार्यसम्पदानका लागि आवश्यक पर्ने सबै विषय समेटेर एकमुष्ठ अध्ययन भएपछि नियमावली संशोधन गर्ने बैठकले निस्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस राणाले गठन गरेको संवैधानिक इजलास विवादित बनेपछि गत मंगलबार सर्वोच्च बारसँग प्रधानन्यायाधीस राणाले नियमावली संशोधन गरेर वरिष्ठ न्यायाधीसहरु सम्मिलित इजलास गठन गर्ने समझदारी भएको थियो । तर, लगत्तै बसेको इजलासमा भने राणाले अहिलेकै बाँकी कस्टरबाट न्यायाधीस छनौट गर्ने बताएका थिए ।

आज बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेपछि सीमित गरिएका सेवा विस्ता गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ३ : ५१ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले