५ पुस २०८२, शनिबार | December 20, 2025

अर्थमन्त्रीको गिट्टी, ढुंगा, बालुवा निर्यात गरि व्यापार घाटा कम गर्ने प्रस्ताव विरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं । सरकारले ल्याएको गिट्टी, ढुंगा, बालुवा निर्यात गरि व्यापार घाटा घटाउन बजेट प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गिट्टी, ढुंगा, बालुवा निर्यात गर्ने नीति कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा दायर गरेको रिट निवेदन सर्वोच्च अदालत रिट महाशाखाले दर्ता प्रक्रियामा रहेको जनाएको छ ।

ब्यापार घाटा कम गराउने नाममा नेपालको जलश्रोतको जीवनदायिनी चुरेक्षेत्र तहसनहस पार्ने गरी खनिजजन्य पादार्थ निकासी गर्ने गरि ल्याईएको बजेटको उक्त बुँदा नै खारेजीको रिट निवेदनमा माग गरिएको छ । त्यस्तै रिटमा सरकारको सो निर्णय लागू नगर्न नगराउन तत्कालन अन्तरिम आदेश मागिएको छ । संविधान र वातावरण संरक्षण ऐनविपरीत सरकारले वातावरण सखाप पार्ने गरी निर्णय गरेकोले यसलाई बदर गर्नुपर्ने रिट निवेदनमा उल्लेख छ ।

संविधानको धारा ३० मा नागरिकले स्वच्छ एवं स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्ने हकको व्यवस्था भए पनि सरकारको निर्णयले यो हकको हनन् भएकोले निर्णय बदर गर्न भनिएको छ । सरकारको यस्तो निर्णयले आधा जनसंख्या बसोबास गर्ने नेपालको तराई क्षेत्र मरुभूमिमा परिणत हुनेसमेत रिटमा दाबी गरिएको छ ।

१५ जेठमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा गिट्टी ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने उल्लेख गरेको छ । यसका साथै खनिजजन्य यस्ता उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्ने सामग्री आयातमा भन्सार छुट दिनेसमेत बजेटमा उल्लेख छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ४१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य