१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नयाँ मन्त्रीहरुको सपथग्रहण बेलुकी ८ बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नयाँ मन्त्रीहरुको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले सपथग्रहणको तयारी सुरु गरिसकेको छ ।

राष्ट्रपतिमार्फत आगामी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गराएका ओली कामचलाउ प्रधानमन्त्री भएपनि पूर्णअधिकारप्राप्त हैसियतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

ओलीले आफ्नो सत्ता टिकाउन पार्टी नै फुट्ने अवस्था आउँदा पनि सहयोग गरेको जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहलाई खुशी पार्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसरी पुनर्गठन गर्दा आफ्नो पार्टीका केही सहकर्मीहरुको भने मन कुँढ्याएका पनि छन् ।

नयाँ मन्त्रिपरिषद्मा जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा जसपा ठाकुर समुहका १० जनालाई मन्त्री बनाइएको छ । यस्तै, एमालेबाट मन्त्रीबनेका चारजनाबाहेक अन्य सबै जनालाई हटाएर नयाँ अनुहारहरु ल्याइएको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ४४ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल