७ आश्विन २०८३, बुधबार | September 23, 2026

नयाँ मन्त्रीहरुको सपथग्रहण बेलुकी ८ बजे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नयाँ मन्त्रीहरुको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले सपथग्रहणको तयारी सुरु गरिसकेको छ ।

राष्ट्रपतिमार्फत आगामी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गराएका ओली कामचलाउ प्रधानमन्त्री भएपनि पूर्णअधिकारप्राप्त हैसियतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

ओलीले आफ्नो सत्ता टिकाउन पार्टी नै फुट्ने अवस्था आउँदा पनि सहयोग गरेको जनता समाजवादी पार्टी जसपाको ठाकुर समुहलाई खुशी पार्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । यसरी पुनर्गठन गर्दा आफ्नो पार्टीका केही सहकर्मीहरुको भने मन कुँढ्याएका पनि छन् ।

नयाँ मन्त्रिपरिषद्मा जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा जसपा ठाकुर समुहका १० जनालाई मन्त्री बनाइएको छ । यस्तै, एमालेबाट मन्त्रीबनेका चारजनाबाहेक अन्य सबै जनालाई हटाएर नयाँ अनुहारहरु ल्याइएको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ६ : ४४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११