७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सल्यान र रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति प्रदान गर्दै उपप्रधानमन्त्री पौडेलले गरे पद बहाली



काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । उप प्रधानमन्त्री सहित पुन अर्थमन्त्रीमा नियुक्त भए लगत्तै अर्थ मन्त्रालयमा पदबहाली गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए । उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पनि पुरा गर्ने बताए ।

पदबहालीको पहिलो कामकोरुपमा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । उक्त निर्णय अनुसार सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ११ : ०९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा