१९ बैशाख २०८१, बुधबार | May 2, 2024

जसपा नेता एवं उपप्रधानमन्त्री महतोले फेरि भने : नेपाललाई बहुल राज्य बनाएरै छोड्छौं



काठमाडौं । नेपाललाई बहुल राज्य बनाउने कसम खाँदै सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी जसपाका नेता एवं उपपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो अडान पुन दोहोर्याएका छन् ।

शुक्रबार मात्रै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री बनेका महतोले नेपाल एकल राज्य नभै बहुल राज्य भएको बताएका थिए । उनले बहुल राज्य बनाउनका लागि आफुहरुले मुक्ति आन्दोलन गर्ने दाबी गरेका थिए ।

शनिबार जसपाको पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री महतोले नेपाल एकल राज्य नभै बहुल राज्य भएको बताएका छन् । महतोले एकल राज्यका कारण विभेदमा पारिएका समदायको उत्थान हुन नसक्ने जिकिर गरे । उनले बहुल समुदायमा बहुलतामा आधारित राज्य संचालन गर्नुपर्ने धारणा राखे । उपप्रधानमन्त्री महतोले आफ्ना मन्त्रीहरुलाई पार्टीको नीतिमा टेकेर मात्र काम गर्न निर्देशन पनि दिएका छन् ।

महतोले रेशम चौधरीलाई सबै उपाय अपनाएर जेलबाट छुटाउने प्रतिवद्धता जनाए । उनले राष्ट्रपतिबाट माफी दिलाएर भएपनि चौधरीलाई छुटाउने बताए ।

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : ०४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी