१८ असार २०८३, बिहिबार | July 3, 2026

जसपा नेता एवं उपप्रधानमन्त्री महतोले फेरि भने : नेपाललाई बहुल राज्य बनाएरै छोड्छौं



काठमाडौं । नेपाललाई बहुल राज्य बनाउने कसम खाँदै सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी जसपाका नेता एवं उपपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो अडान पुन दोहोर्याएका छन् ।

शुक्रबार मात्रै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री बनेका महतोले नेपाल एकल राज्य नभै बहुल राज्य भएको बताएका थिए । उनले बहुल राज्य बनाउनका लागि आफुहरुले मुक्ति आन्दोलन गर्ने दाबी गरेका थिए ।

शनिबार जसपाको पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री महतोले नेपाल एकल राज्य नभै बहुल राज्य भएको बताएका छन् । महतोले एकल राज्यका कारण विभेदमा पारिएका समदायको उत्थान हुन नसक्ने जिकिर गरे । उनले बहुल समुदायमा बहुलतामा आधारित राज्य संचालन गर्नुपर्ने धारणा राखे । उपप्रधानमन्त्री महतोले आफ्ना मन्त्रीहरुलाई पार्टीको नीतिमा टेकेर मात्र काम गर्न निर्देशन पनि दिएका छन् ।

महतोले रेशम चौधरीलाई सबै उपाय अपनाएर जेलबाट छुटाउने प्रतिवद्धता जनाए । उनले राष्ट्रपतिबाट माफी दिलाएर भएपनि चौधरीलाई छुटाउने बताए ।

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ६ : ०४ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले