१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुर्व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : ३४ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा