७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने दुईजना पक्राउ



काठमाडौं । प्रहरीले मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुरको महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङको विराटनगर उपमहानगरपालिका-१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् ।

उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्यान्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त हेल्थ केयरबाट मापदण्डविपरीत सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई स्यानिटाइजरसहित पक्राउ गरेको हो ।

उनीहरूउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : १९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा