१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तस्करी हुन लागेको काठ प्रहरीद्वारा बरामद



सर्लाही । सर्लाहीको बाँके वन क्षेत्रबाट तस्करी भएका काठ र सो कार्यमा संग्लग्न ट्याक्टरलाई सव डिभिजन वन कार्यालय माइस्थान, महोत्तरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा बरामद भएको वन कार्यालय, माईस्थानका प्रमुख भीमविक्रम खड्काले जानकारी दिए ।

उपभोक्तहरु नरेश महत्तो, मित्रदेवी हजाम, वरुणकुमार चौधरी, विराट चौधरी र प्रमोद चौधरीलाई समितिले आ-आफ्नो घर लैजान छुटपूर्जी दिएर काठ लोड गरी पठाइएकामा उनीहरुले १ त ८८७४ नम्बरको ट्याक्टरमा लोड गरी महोत्तरीतर्फ लाँदै गर्दा आफूहरुको गस्ती टोलीले चालक र एक सय ६७ दशमलव ९० क्युविक फिट सालको गोलिया बरामद गरेको प्रमुख खड्काले बताए ।

समितिका अध्यक्ष सुरेन्द्र महतोसहित पदाधिकारी र घरायसी प्रयोगका लागि काठ किनेका उपभोक्तालाई बोलाएर अनुसन्धान शुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : २६ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण