७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानन्यायाधीस जबराले फेरि सम्झाए : सबै न्यायाधीसले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासको रोस्टमा रहेका सब न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर ठहर हुने पुनः स्पष्ट पारेका छन् ।

संवैधानिक इजलास गठन विरुद्ध सरकारवादी वकिलहरुले प्रश्न उठाउँदै पुरक निवेदन दर्ता गराउन खोजेपछि प्रधान्यायाधीस जबराले मानहानी कसुर आकर्षित हुने बताएका थिए । त्यसको प्रतिवाद गर्दै महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसहितका सरकार पक्षका वकिलहरुले निरन्तर प्रश्न उठाएपछि जबराले न्यायपरिषद् ऐन हेर्न वकिलहरुलाई सम्झाएका छन् ।

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु प्रधानन्यायाधीस जबराले न्याय परिषद ऐन अनुसार कसुर ठहर हुने स्पष्ट पारे । जबराले भने, ‘न्याय परिषद ऐन हेर्नुहोस् । सबै न्यायाधीशले हेर्न मिल्दैन भन्नु कसूर हो । त्यसैले मैले अपहेलना सम्झाएको हुँ ।’

त्यसपछि पनि सरकार पक्षका वकिल अघिल्लो इजलास भत्काउने न्यायाधीस दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई यो इजलासमा बस्न नहुने तर्क गरेपछि प्रधानन्यायाधीसले ऐन सम्झाएका हुन् । अहिले चिया ब्रेक भएको छ ।

आजै गठन भएको इजलासको विषयमा सरकारवादी वकिलहरुले प्रश्न उठाएपछि इजलास मुल मुद्दामा प्रवेश नै गर्न सकेको छैन ।

प्रधानन्यायाधीस राणाले प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न वरिष्ठ न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  २ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई