७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालसँग भेटपछि प्रचण्ड पुगे देउवा भेट्न बुढानिलकण्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपालसँगको भेट सकिएपछि अध्यक्ष प्रचण्ड कांग्रेससभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

कोटेश्वरमा भएको भेटवार्तामा प्रचण्ड र नेपालबीच प्रतिनिधिससभा विघटन विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिट, संवैधानिक इजलासमा सरकारी पक्षबाट भएको अवरोध, एमाले अध्यक्ष केपी ओलीबाट नेपाल समुह लक्षित सर्तसहितको एकता प्रस्ताव लगायतका विषयमा छलफल भएको बुझिएको छ । भेटमा नेता नेपालले आफुहरुलाई अल्मल्याउन ओलीले प्रस्ताव सार्वनिक गरेका बताएका छन् ।
नेपालसँग भेट सकिएपछि प्रचण्ड देउवा भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।

विपक्षी गठनबन्धनको तर्फबाट संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरिए पनि राष्ट्रपतिबाट अस्वीकार गरिएका देउवासँग पनि प्रचण्डले अदालतमा विचाराधीन रिट र ओलीको वक्तव्यका विषयमा छलफल भैरहेको बुझिएको छ । विपक्षी गठबन्धनले अदालतबाट यस विषयमा छिटो सुनुवाइ होस भन्ने चाहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १२ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई