२ माघ २०८१, बुधबार | January 15, 2025

प्रदेश नं २ को सत्ता सहकार्यमा जसपा, कांग्रेस र माओवादी केन्द्रबीच सहमति; मन्त्रालय फटाईंदै



जनकपुर । प्रदेश नं २ सरकारमा सहभागिताको विषयमा सत्तारुढ जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउतले ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका थिए ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफै तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त छन् । सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा काँग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् ।

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भए पनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन । तर मङ्गलबार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बुझिएको छ । सहमति अनुसार कांग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् ।

दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री राउतले मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छन् ।

सहमति अनुसार कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० वटा पु¥याउने तयारी छ । जसपाका तर्फबाट प्रदेशसभा सदस्य रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्र्याएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

सत्ता साँझेदारीको सन्दर्भमा छलफल गर्न बनेको सरकारी र काँग्रेसका कार्यदल बीच अहिले बिहान बैठक बसी अन्तिम टुङ्गो लगाएर सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भएको छ । आज सम्झौतामा दुबै पक्षको हस्ताक्षर भएपछि साँझ सम्ममा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ । स्रोतका अनुसार काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ । -रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  २ : ३६ बजे

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका स्वतन्त्र पाटी (रास्वपा)का सभापति

नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार