१७ माघ २०८२, शनिबार | January 31, 2026

केही दिनयता गम्भीर संक्रमित संख्या घट्दै



काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् ।

यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय १४ आईसीयू र २७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ३८ जना आईसीयू र १९ भेन्टिलेटर, कर्णालीमा ३७ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, बुधबार देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबारसम्म ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ५५ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी