१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अफगानिस्तानमा १० सफाइ कर्मचारीको गोली हानी हत्या



एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् ।

घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।

अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् । अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसंख्य समुदाय हो । हालैका वर्षहरुमा उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : २२ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,