७ आश्विन २०८३, बुधबार | September 23, 2026

अफगानिस्तानमा १० सफाइ कर्मचारीको गोली हानी हत्या



एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् ।

घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाएपनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।

अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् । अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसंख्य समुदाय हो । हालैका वर्षहरुमा उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई