१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

विपक्षी फुटाउँदै मन्त्री बनाउँदै, नेपाल पक्षका गणेश पहाडी सामान्य प्रशासन मन्त्री



काठमाडौं । एमाले राजनीतिमा लामो समयदेखि नेपाल पक्षमा रहेका गणेश पहाडी ओली सरकारको मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीले आज विस्तार गरेका मन्त्रिपरिषदमा पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिईन लागेको छ ।

यसअघि एमाले विभाजन भएको बेला पनि बामदेव गौतमको पक्षमा लागेर नेकपा मालेमा लागेका पहाडी नेपाल पक्षका नेता योगेश भट्टराई निकट मानिन्छन् । पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्धको रिट निवेदनमा भने हस्ताक्षर गर्न अस्विकार गरेका थिए ।

नेता योगेश भट्टराईले पनि पछिल्लो समय पार्टी एकतामा ओली सहित माधव र झलनाथ पनि बाध भएको निष्कर्ष सहित एकता अभियानमा क्रियाशिल रहेका छन् ।

यस अघि माओवादी केन्द्र त्याग गरेका ५ जनालाई पार्टी छाडेकै दिन ओलीले मन्त्री बनाएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  २ : ०६ बजे

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत