९ बैशाख २०८३, बुधबार | April 22, 2026

विपक्षी फुटाउँदै मन्त्री बनाउँदै, नेपाल पक्षका गणेश पहाडी सामान्य प्रशासन मन्त्री



काठमाडौं । एमाले राजनीतिमा लामो समयदेखि नेपाल पक्षमा रहेका गणेश पहाडी ओली सरकारको मन्त्रिमण्डलमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीले आज विस्तार गरेका मन्त्रिपरिषदमा पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिईन लागेको छ ।

यसअघि एमाले विभाजन भएको बेला पनि बामदेव गौतमको पक्षमा लागेर नेकपा मालेमा लागेका पहाडी नेपाल पक्षका नेता योगेश भट्टराई निकट मानिन्छन् । पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्धको रिट निवेदनमा भने हस्ताक्षर गर्न अस्विकार गरेका थिए ।

नेता योगेश भट्टराईले पनि पछिल्लो समय पार्टी एकतामा ओली सहित माधव र झलनाथ पनि बाध भएको निष्कर्ष सहित एकता अभियानमा क्रियाशिल रहेका छन् ।

यस अघि माओवादी केन्द्र त्याग गरेका ५ जनालाई पार्टी छाडेकै दिन ओलीले मन्त्री बनाएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  २ : ०६ बजे

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध