१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मा नैनकलालाई



काठमाडौं । मन्त्रिपरिषदले पूर्णता पाएपछि बिहीवार सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक बसेको छ ।

जेठ २१ गते मन्त्रिपरिषद् विस्तार भएपछि बैठक बस्न सकेको थिएन । बिहीवार बसेको बैठकले सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरेको थियो ।

सरकारको प्रवक्तामा प्रायः सञ्चारमन्त्री नै नियुक्त गरिने प्रचलनअनुसार थापालाई उक्त जिम्मेवारी दिइएको हो ।

यस बाहेक अन्य निर्णयहरुका बारेमा जानकारी नदिएपनि प्रधानमन्त्रीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई मन्त्रीको काम-कर्तव्य अधिकारका बिषयमा पनि सबै जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले सरकारको गोपनियता कायम गर्न पनि सबै मन्त्रीहरुलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : २५ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित