१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कोरोना संक्रमणबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रकको मृत्यु



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाण्डौं कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाण्डौंकै सिभिल सर्भिस अस्पतालमा उपचाररत थिए । उनको बिहिबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।

श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाएका छन् । विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गर्दै श्रेष्ठको सुखावती भुवनमा बासको कामना गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्व सह–प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत थिए । उनका एक श्रीमती, एक छोरा एक छोरी छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ३१ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज