११ चैत्र २०८२, बुधबार | March 25, 2026

युरोकप फुटबल : उपाधि दाबेदार इटलीको विजयी सुरुवात, टर्की ३-० गोलले पराजित



काठमाडौं । उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

रोमस्थित ओलम्पिक स्टेडियममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद् सुरुवात गरेको हो ।

इटालीको लागि सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एकरएक गोल गरे । एक गोल भने उपहार पाएको थियो । निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा बलमा पकड जमाएपनि इटालीले पहिलो हाफमा गोल गर्न सकेन । टर्कीले पनि केहि अवसरलाई गुमाएको थियो ।

तर, रोबर्टो मान्सिनीको नेतृत्वमा रहेको इटालीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यो । ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोल गरे । डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलको ढाडमा लागेर बल आफ्नै पोष्ट छिरेको थियो ।

६६ औं मिनेटमा इटालीले अग्रता दोब्बर बनायो । लिओनार्डो स्पिनाज्जोलाको प्रहार टर्कीका गोलरक्षक उगुर्चान चुकारले बचाएपनि रिबाउन्डलाई इम्मोबिलेले गोल गरे ।

७९औं मिनेटमा बरेल्लाले दिएको पासमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए । इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई वान टचमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ । युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १-० ले पराजित भएयता पछिल्लो २८ खेलमा अपराजित छ ।

टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसै समूह अन्तर्गत शनिबार वेल्स र स्विटजरल्याण्डले खेल्नेछन् । उक्त खेल नेपाली समया अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ५२ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत