१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

असार १ गतेबाट रुपन्देहीमा जारी निषेधाज्ञा केही खुकुलो हुने



बुटवल । रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।

कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसँग छलफल गरी उद्योग व्यवसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड-१९ व्यवस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

अव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

त्यस्तै अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यबसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।

फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ । पछिल्लो समय थपिएको निषेधाज्ञा जेठ ३१ गते (भोलि) सकिदै छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : २७ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित