१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

एमाले विवाद : जति नेता बूढा, उति जुँगा ठूला-दोस्रो पुस्ता एकताको कसरतमा



काठमाडौं । ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ?’

पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए । पार्टीका शीर्ष नेताहरूमा आफ्नासँग भन्दा पराईसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले एमाले विभाजनको संघारमा छ । अधिकांश सर्वसाधारणको सामाजिक सञ्जालमार्फत नै भट्टराईलाई जवाफ थियो, ‘दोस्रो पुस्ताका नेताहरू मिले पहिलो पुस्ताका नेताहरू एकतामा आउन बाध्य हुनेछन् ।’

न पनि, दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि सक्रिय भइरहँदा पार्टी नेतृत्व हाँकेका, हाल नेतृत्व र वरिपरि रहेका तथा आगामी दिनमा पनि पार्टी नेतृत्वको दाबी गरिरहेका नेताहरूबीच भने बोलचाल बन्दको अवस्था छ ।

एकताको वातावरण बनाउनेभन्दा एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर परिस्थिति झन् जटिल बनाउनेतिर पहिलो पुस्ताका नेताहरू सक्रिय छन् ।

फुटको डिलमा पुगेको एमाले जोगाउन युवा नेताहरू सक्रिय छन् । दोधारे बनेको, पदीय लोभमा फसेको, मन्त्रीका लागि बार्गेनीमा लागेको लगायतका संगीन आरोपहरू आइलागे पनि आफूहरू पार्टी एकताका लागि कुनै कसुर बाँकी नराखी सक्रिय रहने उनीहरूको भनाइ छ । दोस्रो पुस्ताका नेताहरू जतिसुकै दौडधुपमा लागे पनि पहिलो पुस्ताका शीर्ष नेताहरूमा देखिएको अहम् नै समाधानमा बाधक बनेको भट्टराईको बुझाइ छ ।

‘जति नेता बूढा, उति जुँघा ठूला देखिएका कारण समाधान निस्केको छैन,’ भट्टराईले अन्नपूर्णसँग भने । ओली पक्षबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल खनाल पक्षबाट भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरू एकताको सुत्र खोजीमा वार्तारत छन् ।

दोस्रो पुस्ताका नेताहरू पार्टी एकता जोगाउन सक्रिय हुँदा पार्टीभित्र एकले अर्को पक्षलाई (देखाइदिने) अराजक गतिविधि भने बन्द भएका छैनन् । केन्द्रीय नेतृत्वको निर्देशनविपरीत सुदूरपश्चिम प्रदेशमा एमालेभित्रकै नेपाल-खनाल समूहको सहयोगमा माओवादी नेतृत्वमा सरकार गठन भयो ।

राष्ट्रियसभाको निर्वाचनमा बागमती र लुम्बिनी प्रदेशबाट पार्टी अध्यक्ष ओलीका उम्मेदवार पराजित भए । नेपाल, खनालसहित कांग्रेस, माओवादी गठबन्धनअनुसार दुई नम्बर प्रदेशमा सरकार पुनर्गठन भयो भने गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो । सबैभन्दा पहिला कर्णालीमा ४ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरे । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : २४ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको