७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

खोप अभियानलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह



काठमाडौं । नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

सङ्गठन विभागका प्रमुख एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

“तेह्र लाख ज्येष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन बाँकी रहेका छन्, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार समयमै दोस्रो खोप उपलब्ध गराउने विश्वासिलो आधार सरकारले बनाउन सकेन”, विज्ञप्तिमा श्रेष्ठले भनेका छन् । विज्ञप्त्म्ँि सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि ठानेको लकडाउनलाई समेत सरकारले आफ्नो सत्ता लम्ब्याउन प्रयोग गरेको आरोप लगाइएको छ ।

नेता श्रेष्ठले कोभिड–१९ को सङ्कटसँग जुध्दै नेपाली जनताको जीउधनको सुरक्षा गर्ने जिम्मा सबै राजनीतिक दलको रहेको बताएका छन् । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गृहकार्य थाले पनि नयाँ सरकार बन्ने अवसर हुँदाहुँदै सरकारले संसद् विघटन गरेको उल्लेख गरेका छन् ।

पार्टीका पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठले पार्टीको विधान र संविधानअनुसार आगामी भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म पार्टीकोे १४औँ महाधिवेशन हुने स्पष्ट पारेका छन्।

महाधिवेशनको प्रस्तावित मितिबारे छलफल गरेर अन्तिम टुङ्गो लगाउन यही असार ३ गते बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले महाधिवेशन तयारीमा लाग्न पनि सङ्गठन विभागले सबैलाई आग्रह गरेको छ । नेता श्रेष्ठले वर्तमान कामचलाउ सरकारले गैरजिम्मेवारी काम गरिरहेको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ०० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल