२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

विपत्तिमा परेकालाई उद्दार र राहतमा सक्रिय बन्न नेता कार्यकर्तालाई देउवाको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपत्ति परेकालाई उद्दार र राहतमा सक्रिय बन्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले आज ट्वीट गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन दिएका हुन् ।

देउवाले भनेका छन्, अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढि, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’

सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : १६ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन