२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

विपत्तिमा परेकालाई उद्दार र राहतमा सक्रिय बन्न नेता कार्यकर्तालाई देउवाको निर्देशन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपत्ति परेकालाई उद्दार र राहतमा सक्रिय बन्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले आज ट्वीट गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन दिएका हुन् ।

देउवाले भनेका छन्, अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढि, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’

सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : १६ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा