७ आश्विन २०८३, बुधबार | September 23, 2026

देवदहमा राप्रपाको उद्धार टोली



बुटवल । देवदह क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कार्यसमितिले उद्धार टोली गठन गरेको छ ।

देवदहमा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिमको क्षेत्रहरु निक्यौल गरि उद्धार टोलि खटाईने राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए ।

राप्रपा देवदह नगर कार्यसमितीका अध्यक्ष माधव रिमालको संयोजकत्वमा १५ जनाको टोली तयारी गरिएको उनले बताए । टोलीका सदस्यहरुलाई उद्धार कार्यमा आवश्यक पर्ने डोरी, ट्युब लगायत सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

यसअघि कोरोना महामारीमा समेत निरन्तर मानव सेवामा लागेको टोली विपदका लागि सबै तैयार रहेको राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए ।

कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष विनोद सेन्चुरी, सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी, वार्ड-९ का सचिव किरण गौतम, युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी, क्षेत्र न. १ सदस्य गोविन्द खरेल, क्षेत्र न.१ प्रदेश सभा (क) का अध्यक्ष कमल गौतम, युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी, युवक संगठन देवदह नगर वार्ड ९ अध्यक्ष धनराज भुर्तेलले स्थानिय सरकार, प्रहरी, प्रशासनको सहयोगमा काम गर्ने बताए ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई