४ बैशाख २०८१, मंगलबार | April 16, 2024

देवदहमा राप्रपाको उद्धार टोली



बुटवल । देवदह क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी देवदह नगर कार्यसमितिले उद्धार टोली गठन गरेको छ ।

देवदहमा बाढीपहिरोबाट हुनसक्ने सम्भावित जोखिमको क्षेत्रहरु निक्यौल गरि उद्धार टोलि खटाईने राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए ।

राप्रपा देवदह नगर कार्यसमितीका अध्यक्ष माधव रिमालको संयोजकत्वमा १५ जनाको टोली तयारी गरिएको उनले बताए । टोलीका सदस्यहरुलाई उद्धार कार्यमा आवश्यक पर्ने डोरी, ट्युब लगायत सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

यसअघि कोरोना महामारीमा समेत निरन्तर मानव सेवामा लागेको टोली विपदका लागि सबै तैयार रहेको राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए ।

कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष विनोद सेन्चुरी, सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी, वार्ड-९ का सचिव किरण गौतम, युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी, क्षेत्र न. १ सदस्य गोविन्द खरेल, क्षेत्र न.१ प्रदेश सभा (क) का अध्यक्ष कमल गौतम, युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी, युवक संगठन देवदह नगर वार्ड ९ अध्यक्ष धनराज भुर्तेलले स्थानिय सरकार, प्रहरी, प्रशासनको सहयोगमा काम गर्ने बताए ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ५४ बजे

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका