१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बिहिबार मनसुन गण्डकी र लुम्बिनी प्रदेशमा सक्रिय रहने, उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह



बुटवल । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आज बुधबार र बिहिबार लुम्बिनी प्रदेशसमा मनसुन बढी सक्रिय रहने पूर्वानुमान गरेको छ । महाशाखाले बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै आज प्रदेशको रुपन्देहीको तिनाउ तथा दाङ हुँदै बदिैयाको बबई नदी तथा त्यसका स-साना नदी जलाधारमा बहाब बढ्ने र केही स्थानमा सतर्कतातह भन्दा माथि पुग्ने पूर्वानुमान गरेको छ ।

त्यसैगरी भेरी नदी र यसका सहायक नदीका जलाधार पनि उच्च बिन्दुमा पुग्ने आंकलन गर्दै महाशाखाले आज लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया र रुकुममा बढी वर्षा हुने बताएको छ ।

महाशाखाले बिहिबार पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदीजलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता तहभन्दा माथि पुग्ने बताएको छ । बिहिबार मनसुन नेपालको गण्डकी र लुम्बिनी प्रदेशमा बढी केन्द्रित हुने पूर्वानुमान गर्दै त्यस प्रदेशका नदी आसपासका स्थानियलाई सतर्क रहन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ०४ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।