१८ माघ २०८२, आइतबार | February 1, 2026

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति



काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ।  इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार बेलुका आठ बजेसम्म दुई दर्जनभन्दा धेरै जलविद्युत् आयोजना प्रभावित भएको बताए ।

‘बाढीपहिरोको कारण दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘प्रारम्भिक चरणमा सबा दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरेका छौं । अझै पनि सबै ठाउँबाट क्षतिको विवरण आइसकेको छैन ।’

इप्पानका अध्यक्ष आचार्यले बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको बताए । ‘भौतिक क्षति निकै भएको छ । मानवीय क्षतिबारे भने केही खबर आएको छैन,’ उनले भने । आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : २८ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३