६ पुस २०८२, आइतबार | December 22, 2025

चुरे फेदीबाट ९४ थान काठ बरामद



महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ ।

जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साखुका काठ बरामद गरेको हो ।

यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो । बरामद काठको नाप परिमाण ५२ क्यूफिट (घनफिट) रहेको टोलीमा संलग्न सहायक वन अधिकृत मनोजकुमार ठाकुरले जानकारी दिए ।

सबैतिर कोभिड-१९ सङ्क्रमण छल्न निषेधाज्ञा जारी गरिएको मौका पारेर तस्करले वनक्षेत्रभित्रै काठ चिरान गरिरहेका सूचनाका आधारमा बुधबार कार्यालयले सुरक्षा टिमसहित गरेको तलासीमा काठ बरामद भएको हो ।

बरामद काठ लक्ष्मीनियाँस्थित सवडिभिजन वन कार्यालयमा राखी थप अनुसन्धान बढाइएको डिभिजन प्रमुख विनोदकुमार सिंहले जानकारी दिए ।

बरामद चिरान गरिएका काठ वनमै चिरेर घना झ्याङभित्र सेउलाले छोपेर राखेको अवस्थामा फेला परेको हो । निषेधाज्ञाले सबैतिर आवागमन बन्द भएका बेला वनक्षेत्रमा तस्कर गतिविधि बढेको सूचना पाएपछि कार्यालयले सघन सुरक्षा गस्ती परिचालित गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ८ : ३४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको