१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बुटवलको आम्दा अस्पतालले अव ३ सय शैयाको सेवा दिने



ओकाया (जापान) । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा अव विशिक्ष्टकृत अस्पतालकारुपमा स्तरोन्नति हुने भएको छ । अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगर, बुटवल उद्योग बार्णिजय संघ र आम्दा इन्टरनेशनलबीच समझदारी भएसँगै आम्दा अस्पताल ३ सय शैया सहित स्तरोन्नति हुने भएको हो ।

जापानको ओकायामा पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा नेपालका पूर्व अध्यक्ष डा रिशिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्यालले आम्दा अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार आम्दा इन्टरनेशनलले आम्दा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने आम्दा अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहाननगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनका अनुसार तीनपक्षबीच भएको समझदारीले बुटवलको स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ ।

आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नतिका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्नका लागि आवश्यकताअनुसार प्रक्रिया अगाडि बढाउने गरी समझदारी भएको उनले बताए ।

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको निमन्त्रणामा जापानको ओकायामा सिटीमा गएको टोलीले त्यहाँका नगरहरुले सञ्चालन गरेका अस्पतालहरुको अवलोकन गर्दै आपसमा अनुभव आदानप्रदान गर्ने सहमति गरेको प्रमुख पाण्डेयले बताए । अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टकृत सेवा भएको स्तरीय अस्पताल हुने उनले बताए ।

गत असोजमा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीको बुटवल भ्रमणका क्रममा अस्पतालको स्तरोन्नतिका लागि सहमति गर्दै आवश्यकता अनुसार समझदारी गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार आम्दा अस्पताललाई विशिष्टकृत सेवासहितको स्तरीय अस्पताल बनाउने समझदारी भएको पाण्डेयले बताए ।

२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सहित सञ्चालनमा छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ६ : १९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु