काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले विश्वासको मत पाउन सक्ने आधार नदेखिएको बताएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासलाई लिखित जवाफ पठाउँदै राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाबी गरेका दुवैले प्रतिनिधिसभामा विश्वासको मत पाउन सक्ने उचित आधार नदेखिएको जनाएको हो ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।
लिखित जवाफमा ओली र देउवा दुवैले विश्वासको मत पाउने आधार नदेखिएको हुँदा प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको उल्लेख गरिएको छ ।
दाबीकर्ताका समर्थनकर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेको, दलको निर्ण विपरित एकले अर्कोलाई समर्थन गरेको देखिएको जवाफमा जनाइएको छ । विश्वास प्राप्त गर्न सक्ने आधार राष्ट्रपतिले मात्र गर्न सक्ने राष्ट्रपति कार्यालयले दाबी गरेको छ ।
राष्ट्रपति कार्यालयले अमुक व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनि परमादेश जारी हुन नसक्ने दाबी गरेको छ । यस्तो माग गर्नु संविधान विपरित भएको राष्ट्रपति कार्यालयको ठहर छ ।
[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Rastrapati_jawaf.pdf”]



















प्रतिक्रिया