२२ चैत्र २०८२, आइतबार | April 6, 2026

सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ : देउवा र ओलीले विश्वासको मत पाउनसक्ने देखिएन



काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैले विश्वासको मत पाउन सक्ने आधार नदेखिएको बताएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासलाई लिखित जवाफ पठाउँदै राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा दाबी गरेका दुवैले प्रतिनिधिसभामा विश्वासको मत पाउन सक्ने उचित आधार नदेखिएको जनाएको हो ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

लिखित जवाफमा ओली र देउवा दुवैले विश्वासको मत पाउने आधार नदेखिएको हुँदा प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको उल्लेख गरिएको छ ।

दाबीकर्ताका समर्थनकर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेको, दलको निर्ण विपरित एकले अर्कोलाई समर्थन गरेको देखिएको जवाफमा जनाइएको छ । विश्वास प्राप्त गर्न सक्ने आधार राष्ट्रपतिले मात्र गर्न सक्ने राष्ट्रपति कार्यालयले दाबी गरेको छ ।

राष्ट्रपति कार्यालयले अमुक व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनि परमादेश जारी हुन नसक्ने दाबी गरेको छ । यस्तो माग गर्नु संविधान विपरित भएको राष्ट्रपति कार्यालयको ठहर छ ।

 

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/06/Rastrapati_jawaf.pdf”]

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : १९ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको