१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माल पाएर चाल नपाएको एउटा ताल- रुपन्देहीको गैडहवा ताल (फोटोफिचर)



बुटवल । ताल तलैयाको वर्णन पहाड र उच्च पहाडका तालहरुको मात्र हुने गरेता पनि रुपन्देहीमा रहेको एटा ताल पहाडका नाम चलेका तालहरु भन्दा कम छैन । मध्य पहाड र उच्च पहाडका ताहरुको मात्र सम्भवाना खोज्ने, पर्यटकिय गन्तब्य बनाउने र त्यसैबाट व्यक्तिगत डलर कमाउनेहरुको भिडमा रुपन्देहीको गैडहवा तालले एक्लै संघर्ष गरिरहेको छ भन्दा फरक पर्दैन । तराईको पारिलो घाम, समथर भुभाग र वरिपरि हरियालीका बिचमा जव सूर्य अस्ताउने बेला हुन्छ तव गैडहवाको सौन्दर्यता रुकुमको स्यार्पु, मुगुको रारा र डोल्पाको फोक्सुण्डोको झल्को दिने खालको बन्दछ ।

गैडहवा तालको अर्को विशेषता हो चरा चुरुङ्गिका चिरबिचिरबिर आवाज । प्राय सबै सिजनमा साइबेरियन चराहरुको भिड लाग्ने गैडहवामा बिहानीको झुल्के घाम र गोधुली साँझमा चराहरुको चिरबिर आवाजले स्वगैकै एक टुक्रामा पुगेको महशुस गराउने गर्दछ । आकाशम लामा लागेर उड्ने साइबेरियाली चराहरूको ताँती र तालको पानीमा देखिने छाया वर्णन गर्नै नसकिने खालको हुने गरेको गैडहवा पुगेका पर्यटकको भनाई छ । सारस र बकुल्लाका ताँती र तालका छेउमा सालको हरियालीले तालको सौन्दर्य बढाएका छन् ।

गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि ७ किलोमिटर उत्तरस्थित गैडहवा ताल प्रदेश लुम्बिनी प्रदेशकै एउटा गहना बन्ने सक्दछ । तर अहिले सम्म तीन तहकै सरकारको दृष्टि भने गैडहवा तालमा पुग्न सकेको छैन । रुपन्देहीकै गजेडी ताल र कपिलवस्तुको जगदशीपुर ताललाई महत्व दिईएपनि सरकारी तवरमा गैडहवा ताल प्राथमिकतामा पर्न सकेको छैन ।

गैडहवा तालकै नामबाट साबिकको सूर्यपुरा, विष्णुपुरा, साडी र जोगडा गाविस मिलाएर गैडहवा गाउँपालिका बनाइएको हो ।

८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ  । गैडहवा ताल ७८ दशमलव ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गैडहवा तालको उचित व्यवस्थापन नुहँदा विभिन्न क्षेत्रबाट अतिक्रमण समेत भइरहेको छ । सामुदायिक बनले ताल क्षेत्रको ७ सय ३७ दशमलव ४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । यसैगरी ५९ दशमलवब २ हेक्टरमा घाँसे मैदान छ । ३ हजार ४ सय ५४ दशमलव ५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन् । ९८ दशमलव ५ हेक्टर क्षेत्रफलमा घर बनाइएको छ । यद्यपि ती घर खेतमा प्रयोग भएको भूभागका बासिन्दालाई पुर्जा भने दिइएको छैन ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : २३ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल