११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

माल पाएर चाल नपाएको एउटा ताल- रुपन्देहीको गैडहवा ताल (फोटोफिचर)



बुटवल । ताल तलैयाको वर्णन पहाड र उच्च पहाडका तालहरुको मात्र हुने गरेता पनि रुपन्देहीमा रहेको एटा ताल पहाडका नाम चलेका तालहरु भन्दा कम छैन । मध्य पहाड र उच्च पहाडका ताहरुको मात्र सम्भवाना खोज्ने, पर्यटकिय गन्तब्य बनाउने र त्यसैबाट व्यक्तिगत डलर कमाउनेहरुको भिडमा रुपन्देहीको गैडहवा तालले एक्लै संघर्ष गरिरहेको छ भन्दा फरक पर्दैन । तराईको पारिलो घाम, समथर भुभाग र वरिपरि हरियालीका बिचमा जव सूर्य अस्ताउने बेला हुन्छ तव गैडहवाको सौन्दर्यता रुकुमको स्यार्पु, मुगुको रारा र डोल्पाको फोक्सुण्डोको झल्को दिने खालको बन्दछ ।

गैडहवा तालको अर्को विशेषता हो चरा चुरुङ्गिका चिरबिचिरबिर आवाज । प्राय सबै सिजनमा साइबेरियन चराहरुको भिड लाग्ने गैडहवामा बिहानीको झुल्के घाम र गोधुली साँझमा चराहरुको चिरबिर आवाजले स्वगैकै एक टुक्रामा पुगेको महशुस गराउने गर्दछ । आकाशम लामा लागेर उड्ने साइबेरियाली चराहरूको ताँती र तालको पानीमा देखिने छाया वर्णन गर्नै नसकिने खालको हुने गरेको गैडहवा पुगेका पर्यटकको भनाई छ । सारस र बकुल्लाका ताँती र तालका छेउमा सालको हरियालीले तालको सौन्दर्य बढाएका छन् ।

गौतम बुद्ध जन्मस्थल लुम्बिनीदेखि ७ किलोमिटर उत्तरस्थित गैडहवा ताल प्रदेश लुम्बिनी प्रदेशकै एउटा गहना बन्ने सक्दछ । तर अहिले सम्म तीन तहकै सरकारको दृष्टि भने गैडहवा तालमा पुग्न सकेको छैन । रुपन्देहीकै गजेडी ताल र कपिलवस्तुको जगदशीपुर ताललाई महत्व दिईएपनि सरकारी तवरमा गैडहवा ताल प्राथमिकतामा पर्न सकेको छैन ।

गैडहवा तालकै नामबाट साबिकको सूर्यपुरा, विष्णुपुरा, साडी र जोगडा गाविस मिलाएर गैडहवा गाउँपालिका बनाइएको हो ।

८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ  । गैडहवा ताल ७८ दशमलव ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गैडहवा तालको उचित व्यवस्थापन नुहँदा विभिन्न क्षेत्रबाट अतिक्रमण समेत भइरहेको छ । सामुदायिक बनले ताल क्षेत्रको ७ सय ३७ दशमलव ४ हेक्टर क्षेत्रफल अतिक्रमण गरेको छ । यसैगरी ५९ दशमलवब २ हेक्टरमा घाँसे मैदान छ । ३ हजार ४ सय ५४ दशमलव ५ हेक्टर क्षेत्रफलमा स्थानीयले खेतीपाती गर्दै आएका छन् । ९८ दशमलव ५ हेक्टर क्षेत्रफलमा घर बनाइएको छ । यद्यपि ती घर खेतमा प्रयोग भएको भूभागका बासिन्दालाई पुर्जा भने दिइएको छैन ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : २३ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा