१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

रुसमा जहाज दुर्घटना हुँदा नौ जनाको मृत्यु



मस्को(सिन्ह्वा) । रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।

त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।

सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर चौथो पकटको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ४३ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर